Logo

राजनीति

समयमा पाठ्यपुस्तक नदिएको भन्दै जनक शिक्षाका प्रबन्ध निर्देशकमाथि विप्लवनिकट विद्यार्थीहरुको दुर्व्यवहार



काठमाडौं । समयमा नै पाठ्यपुस्तक दिन नसकेको भन्दै नेत्रविक्रम चन्द विप्लवले नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनले जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झामाथि दुर्व्यवहार गरेका छन् ।

अखिल (क्रान्तिकारी)का विद्यार्थीले कार्यकक्षमा नै पुगेर झालाई कालोमोसो दलेका छन् । पाठ्यपुस्तकको कृतिम अभाव गराएको, कागज खरिदमा अनियमितता गरेको, केन्द्रमा भ्रष्टाचार गरेको लगायतका आरोप लगाउँदै उनीहरुले कालोमोसो दलेका हुन् ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार १७:२१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।