Logo

समाचार

युट्युबमा अश्लील भिडिओ अपलोड गर्ने एक पक्राउ



काठमाडौं । सामाजिक सञ्जाल युट्युबमा अश्लील शीर्षकहरू राखेर भिडिओ अपलोड गर्ने एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार ४ रियल टिभी नामक युट्युब च्यानल खोली अश्लीलता फैलाउने खालका भिडिओ अपलोड गर्ने नुवाकोट बेलकोटगढी- ७ का २२ वर्षीय प्रवेश लामा पक्राउ परेका हुन् ।

उनी अहिले काठमाडौंको बौद्धमा बस्दै आएका थिए ।  लामालाई सोमबार पक्राउ गरिएको र पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिइएको ब्युरोले जानकारी दिएको छ ।

प्रकाशित मिति : असार २१, २०७९ मंगलबार  ५ : ३८ बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।