Logo

अन्तर्राष्ट्रिय

‘७७७ चार्ली’को मुनाफा सामाजिक काममा



एजेन्सी/मुम्बई । फिल्म ‘७७७ चार्ली’का अभिनेता रक्षित शेट्टीले फिल्मबाट प्राप्त पाँच प्रतिशत मुनाफा सामाजिक काममा खर्च गरिने घोषणा गरेका छन् । उनले सामाजिक काममा सक्रिय देशभरका गैरसरकारी संस्थालाई उक्त रकम दिइने घोषणा गरेका हुन् । रक्षितले यो सहयोग चार्लीको नाममा गरिने खुलाएका छन् ।

उनले फिल्मको कमाईको १० प्रतिशत रकम फिल्मलाई क्लाइमेक्ससम्म पुर्याउन सहयोग गर्ने व्यक्तिमाझ वितरण गरिने  बताए । ‘७७७ चार्ली तपाईंसम्म पुगेको २५ दिन भयो । यसलाई दर्शकले मनपराइरहेका छन् । हाम्रो खुशीको सीमा नै छैन । किनकी यो फिल्मले जुन किसिमको प्रशंसा र पहिचान पायो, त्यो सम्झनायोग्य छ’, उनले भनेका छन् ।

चार्लीको नाममा भारतभर गैर सरकारी संस्थाहरु खुलेका छन्, जसले कुकुर र जनावरको कल्याणका लागि काम गरिरहेका छन् ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार ०७:४६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।