Logo

आजको तस्बिर

जीर्ण त्रिचन्द्र कलेजको भवन पुनर्निर्माणको माग गर्दै प्रदर्शन (फोटोफिचर)



काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले जीर्ण त्रिचन्द्र कलेजको भवनको पुनर्निर्माणको माग राखेर प्रदर्शन गरेको छ । नेविसंघ त्रिचन्द्र इकाइको अगुवाइमा शुक्रबार विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् । 

विभिन्न कलेजका सहभागी विद्यार्थीहरुले त्रिचन्द्र कलेजको पुनर्निमाण गर्न माग गर्दै प्लेकार्डसहित र्‍याली निकालेका हुन् । त्रिचन्द्र कलेजबाट सुरु गरिएको र्‍याली रत्नपार्क, जमल, तिनधारा पाठशाला हुँदै पुनः त्रिचन्द्रमै आएर समापन गरिएको थियो ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार १२:२१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।