Logo

मनोरञ्जन

प्रेममा मरिमेट्ने यी बलिउडका कलाकार, प्रेमकै लागि साहाकारी बन्नेदेखि रगतले चिठ्ठीले लेख्नेसम्म



एजेन्सी/मुम्बई । प्रेम एक यस्तो सुन्दर अनुभव हो, जसमा कोही व्यक्ति जुनसुकै हदसम्म डुब्न सक्छ । भनिन्छ, प्रेमको कुनै परिभाषा हुँदैन, यसलाई मात्र महशुस गर्न सकिन्छ । प्रेमका लागि बलिउडका कलाकारहरुले हरेक पर्खाल र सीमा पार गर्छन् । कैयौं पटक त उनीहरुले प्रेमका लागि केही कुराको त्याग पनि गरेका छन् ।

अभिनेत्री करीना कपुर एक समय अभिनेता शाहिद कपुरसँग डेटमा थिइन् । उनी शाहिदकै प्रेमका लागि आध्यात्मिक नै बनिन् । यही बेला उनले मांसाहार खानेकुरा पनि छोडिन् । अभिनेता आमिर खान पूर्वपत्नी रीनाको प्रेममा रहँदा यस्तै काम गरे । उनले रीनाका लागि रगतले प्रेमपत्र लेखेका थिए । तर, रीनालाई भने यो पत्रले विपरित असर पर्यो । अर्थात् आमिरप्रतिको सोचमा केही परिवर्तन आयो ।

फिल्म ‘तुम हसीन मे जवान’को सुटिङका समयमा धर्मेन्द्र र हेमा मालिनीको प्रेम भएको थियो । धर्मेन्द्रको पहिलो विवाह प्रकाश कौरसँग भएको थियो । हिन्दु विवाद अधिनियमका अनुसार बिना डिभोर्स धर्मेन्द्र दोस्रो विवाह गर्न सक्दैनथे  । यहीकारण उनले आफ्नो विवाहलाई वैधानिकता दिनका लागि उनले इस्लाम धर्म अपनाए ।

एक समय दीपिका पादुकोण र रणवीर कपुरसँग प्रेम खुबै चल्यो । कैयौं सेलिब्रेटीले आफ्नो प्रेम लुकाइरहँदा दीपिकाले रणवीरको नाममा घाँटीमा ट्याटु नै खोपिन् । अभिनेता सैफ अली खान र करीना कपुर निकै लामो समयसम्म डेटमा थिए । अनिमात्र उनीहरुले विवाह गरे । सैफले करीनाको नाममा आफ्नो हातमा ट्याटु नै खोपेका थिए । 

प्रकाशित मिति : २५ असार २०७९, शनिबार १०:४९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।