काठमाडौं । ‘प्रेमगीत–३’ भारतका १५ सय हलमा रिलिज हुने भएको छ । भारतमा ‘विश्वजितम’को नामबाट प्रदर्शन हुने फिल्मलाई भारतभर १५ सय हलमा प्रदर्शन गरिने फिल्म निर्माण पक्षले जनाएको छ ।
स्व. छेतेन गुरुङ तथा सन्तोष सेनको संयुक्त निर्देशनमा बनेको यो फिल्म कोरोना महामारीका कारण प्रदर्शन रोकिएपछि निर्देशक सेनले हिन्दीमा पनि प्रदर्शन गर्ने जमर्को गरेका थिए । उक्त कामका लागि फिल्मको निर्माण पक्षले लामो समयसम्म भारतमा बसेर काम गरेको थियो ।
प्रदीप खड्का अभिनित बुहप्रतिक्षित फिल्मको भारतका नाम चलेका भ्वाइस आर्टिस्टहरुबाट फिल्मलाई हिन्दीमा डबिङ पनि गराइएको थियो । केही समयअघि ‘विश्वजितम’ नामबाट हिदीमा प्रदर्शन हुने निधो भएको फिल्म भारतमा वितरण गर्ने कम्पनीले १५ सय हलमा प्रदर्शन गर्ने भएको हो ।
फिल्ममा प्रदीपसँगै कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, सन्तोष सेन, माओत्से गुरुङ, प्रेम पुरी, मनिष राउतलगायतका कलाकारहरुले अभिनय गरेका छ। फिल्म असोज ७ गतेबाट प्रदर्शनमा आउनेछ ।





















प्रतिक्रिया