Logo

अन्तर्राष्ट्रिय

जर्मनी फुटबलका लिजेण्ड उवे सीलरको निधन



जर्मनीका पूर्वस्ट्राइकर उवे सीलरको निधन भएको छ । देशका महान फुटबलरमध्ये पर्ने सीलरको ८५ वर्षको उमेरमा निधन भएको बीबीसीले लेखेको छ ।

तत्कालीन वेस्ट जर्मनीका लागि ७२ खेलबाट ४३ गोल गरेका उनले ४ विश्वकप खेलेका थिए । क्लब फुटबलमा ह्याम्वर्गबाट मात्र खेलेका उनले सन् १९५४ देखि १९७२ सम्म ५ सय ८० खेलमा ४ सय ९० गोल गरेका थिए । ह्याम्वर्ग बोर्ड सदस्य जोनास बोल्डले सीलरलाई आफूहरूले कहिल्यै बिर्सन नसक्ने बताए ।

सेलर क्लबका सर्वकालीन प्रमुख गोल गर्ने खेलाडी हुन् । सन् २००३ मा उनलाई ह्याम्वर्गको सम्मानित नागरिक घोषित गरिएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार ०८:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।