Logo

मनोरञ्जन

युरोपका ४४ देशमा एकसाथ ‘प्रेमगन्ज’ 



काठमाडौं । फिल्म प्रेमगन्ज युरोपका ४४ देशमा अन्तर्राष्ट्रिय चलचित्रसरह एकसाथ प्रदर्शन हुने भएको छ । प्रेमगन्ज विदेशी फिल्मसरह विदेशी दर्शकमाझ थिएटरमै प्रदर्शन हुने भएको छ । जर्मनको फिल्म वितरक कम्पनीले प्रेमगन्ज जर्मनी, अष्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्डलगायत युरोपका ४४ देशमा प्रदर्शन गर्न लागेको हो । 

‘अन्तर्राष्ट्रिय रुपमा यसरी प्रदर्शन गर्ने हाम्रो यो पहिलो प्रयास हो । अहिले हामीले पैसाभन्दा पनि बाटो खोजिरहेका छौँ । यसले गर्दा भविष्यमा निर्माण हुने अन्य नेपाली फिल्मलाई बाटो खुल्नेछ,’  निर्देशक परिच्छेद सेनले भने । प्रेमगन्ज भारतमा पनि प्रदर्शन हुने प्रेमगन्ज ३ भदौबाट देशभर प्रदर्शन हुनेछ । 
 

प्रकाशित मिति : ८ श्रावण २०७९, आईतवार १२:३६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।