Logo

मनोरञ्जन

गायिका भावना आचार्यको तीज गीत : ‘चट्ट रातो सारीमा देखिन्छु रे परी म’ (भिडियाेसहित)



काठमाडौं । गायिका भावना आचार्यको ‘चट्ट रातो सारीमा देखिन्छु रे परी म’ बोलको तीज गीतको भिडियो सार्वजनिक गरिएको छ । हिन्दू नारीहरूको महान् पर्व तीजलाई लक्षित गरी गायिका भावनाले सार्वजनिक गरेको भिडियोमा उनकै शब्द सृजना र संगीत छ । जसमा भावनालाई अभिनयमा मनिता खुलालले साथ दिएका छन् ।

भावना र मनितासहित अशोक धिताल र दिलीप ओखेडाको अभिनय रहेको भिडियोमा गम्भीर विष्टको निर्देशन तथा मुकेश हुमागाईंको छायांकन छ । भिडियोमा कविता तोलंगीको मेकअप छ ।

नविन निरौलाले सम्पादन गरेको भिडियो गायिका स्वयंकै अफिसियल च्यानलबाट बजारमा आएको हो । यसअघि भावनाका बग्ने खोला, मुलको पानी, बोल्दैन फोटो, लगायतका गीतहरुले राम्रो चर्चा बटुलेका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार १५:२०   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।