Logo

अर्थ

चिनी मिलको समस्या तत्काल समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी मिलमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरवारमा आइतबार बसेको समितिको बैठकले सम्बन्धित पक्षसँग छलफल गरी चिनी मिलमा देखिएको समस्या समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । 

लामो समयदेखि उखु किसानले वक्यौता रकम पाएका छैनन् । जस कारण बेला बेलामा किसान आन्दोलनमा उत्रिने गरेका छन् । समितिले चिनी मिलका प्रतिनिधि, उखी किसान र मजदुरसँग छलफल गरी समस्या समाधान गर्न निर्देशन दिएको हो । 

प्रकाशित मिति : १५ श्रावण २०७९, आईतवार १६:५७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।