Logo

अर्थ

अर्थमन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । अर्थमन्त्रीमा पुन: नियुक्त भएका जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ खुवाएकी हुन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराइ करको दर हेरफेर गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि २२ असारमा संसदीय छानबिन समिति गठन भएको थियो । शर्माले त्यसै दिन राजीनामा दिएका थिए ।

तर संसदीय समितिले उनीमाथि लागेको आरोप पुष्टि गर्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई अर्थमन्त्रीमा दोहोर्‍याएका हुन् ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आईतवार १८:२५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।