Logo

अर्थ

गुणस्तरहीन खाद्य पदार्थ उत्पादन गर्ने ११५ उद्योगविरुद्ध मुद्दा तर्ता (सूचीसहित)



काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ११५ वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । गुणस्तरहीन तथा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गर्ने उक्त उद्योगविरुद्ध एक वर्षमा विभागले जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

विभागले गत आर्थिक वर्ष २०७८/७९ मा देशभरका ४ हजार १२७ वटा उद्योगबाट उत्पादित नमूना परीक्षण गर्दा २२४ वटा नमूना खान नमिल्ने पाइएको जानकारी दिएको छ । यीमध्ये ११५ वटा उद्योगलाई भने जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्धा नै दायर गरिएको हो ।

खाद्यान्न एवं दलहन लगायतका वस्तु उत्पादन गर्ने ३० वटा र दुध तथा दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गर्दै आएका १९ वटा, दाना उत्पादन गर्ने १८ वटा उद्योगविरुद्ध मुद्दा दायर हुँदा प्रशोधित पिउने पानी उत्पादन गर्ने १४ उद्योगविरुद्ध समेत मुद्दा परेको छ । यसैगरी, चिया/कफी उत्पादन गर्ने ८ वटा उद्योग, फल तथा सागपात सम्बन्धी ७ वटा उद्योग, मसला उत्पादन गर्ने ५ वटा उद्योग र गुलियो पदार्थ उत्पादन गर्ने ३ तथा तेल तथा घ्यूजन्यको २ वटा उद्योगका विरुद्ध विभागले मुद्दा दायर गरेको छ ।

यसैगरी, सोयासस उत्पादन गर्ने एउटा उद्योग र अन्य ८ वटा उद्योग गरी कूल ११५ वटा उद्योगविरुद्ध मुद्दा दायर भएको हो । यी उद्योगहरूले खान अयोग्य तथा न्यून गुणस्तरका र अखाद्य वस्तु मिसावट गरेर खाद्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गर्दै आएका थिए ।

मुद्दा दर्ता भएका उद्याेगहरुकाे सूची

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलवार १८:२७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।