Logo

समाचार

चिनियाँ नागरिकलाई अपहरण गरी एक करोड फिरौती मागेको आरोप ६ नेपाली पक्राउ



काठमाडौं । लैनचौरबाट एक जना चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । बुधबार राति एक चिनियाँ नागरिकलाई लैनचौरबाट अपहरण गरेर गोंगबुमा बन्धक बनाएर एक करोड फिरौती मागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अपहरण गरी बन्धक बनाइएका चिनियाँको उद्दार गर्नुका साथै संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । तीन चिनियाँ नागरिकबाट ८ लाख रुपैयाँ र २७ थान मोबाइल समेत लुटिएको प्रहरीले दाबी गरेको छ ।

पछि ५० लाख रुपैयाँमा अपहरण मुक्त गर्ने सहमति भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । अपहरणमा संलग्न भएका अन्य केही व्यक्ति फरार रहेका बताइएको छ । उनीहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : श्रावण १९, २०७९ बिहीबार  १२ : ४७ बजे