Logo

समाचार

प्रदेश र प्रतिनिधिसभा चुनवाका लागि फेरि म्यादी प्रहरीको भर्ना खुलाइँदै



काठमाडौं । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिभा चुनावका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको छ । निर्वाचनको सुरक्षा थप मदबुत बनाउ म्यादी प्रहरी भर्ना खुलाउने गरिएको छ । अब प्रदेश तथा प्रतिनिसभा निर्वाचनका लागि विशेष योजना योजना नाएर त्यही अनुसार म्यादी प्रहरीको भर्ना खुलाइने प्रहरी नायब महानिरीक्षक (डीआईजी)केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राई बताए ।

सुरक्षा योजनालाई केन्द्रीय सुरक्षा समितिले स्वीकृत गरेपछि लागू हुन्छ । चुनावमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार घेराको सुरक्षा व्यवस्था रहन्छ । म्यादी प्रहरीले प्रहरीको प्रत्यक्ष मातहतमा रहेर काम गर्छ । स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । नेपाल प्रहरीले चाहिँ १ लाख १९ हजार म्यादी प्रहरी माग गरेको थियो ।

प्रवक्ता राईका अनुसार विगतमा स्थानीय तह निर्वाचनमा काम गरेकालाई नै प्राथमिकता दिएर म्यादी प्रहरीको भर्ना गरिने छ । विगतमा झैँ यसपालि पनि पूर्वसुरक्षाकर्मीहरुले पनि प्राथमिकता पाउने उनले बताए ।

प्रकाशित मिति : श्रावण १९, २०७९ बिहीबार  ३ : ५२ बजे