Logo

राजनीति

आचार्यको सभापतित्वमा गठन भयो ११ सदस्यीय सुनसरी काठमाडौं काँग्रेस सम्पर्क समिति



आज नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिको भेलाले ११ सदस्यीय सुनसरी काठ्माण्डौ सम्पर्क समिति चयन गरेको छ । नेपाली काँग्रेसका युवा नेतासमेत रहेका बाबुराम आचार्यको नेतृत्वमा गठीत समितिको उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा रामानन्द मण्डल, सहसचिव सुवास भट्टराई कोषाध्यक्ष मनोज बनेपाली तथा सदस्यमा सिताराम भट्टराई, कृष्णचन्द्र बस्नेत, पुष्पराज भट्टराई, अदिता आचार्य, प्रा। कुंजीलाल यादब, संजय खतिवडा रहेका छन् ।

कोरोना महामारीको समयलाई मध्यनजर गर्दै नयाँबानेश्वरस्थीत एक स्थानमा माक्स, स्यानिटाईजर प्रयोग गरी  मापदण्ड अपनाएर अधिवेशन गरिएको हो ।

सुनसरीबाट काठमाडौं आई बसेबास गर्ने दाजुभाई तथा दिदीबहिनीहरुका लागि कोरोना महामारीका कारण खान बस्न लगायतका समस्या भएको समाधान गर्न प्रयास गर्ने उद्येश्यसहित समिति गठन गरिएको समितिका नबनिर्बाचित सभापति बाबुराम आचार्यले बताए ।

भेलाका संयोजक सुरज श्रेष्ठले काँग्रेसलाई बालियो बनाउन र सुनसरीबाट काठमाडौं आएका सबैलाई समेट्न सहज गर्न काँग्रेसको संगठन आवश्यक हुने हुनाले सम्पर्क समिति आवश्यक भएको महशुस गरी गठन गरिएको बताए । नबनिर्बाचित आचार्य तरुण दलका लडाकु नेता समेत हुन्, गत महाधिवेशनमा केन्द्रीय माहासचिवका प्रत्यासीसमेत थिए ।

प्रकाशित मिति : आश्विन २५, २०७७ आईतबार  १० : ०१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।