Logo

अर्थ

शेयर बजारमा हरियाली, नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकम भने घट्यो



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार शेयर बजार परिसूचक नेप्सेमा हरियाली छाएको छ । आइतवार बजार परिसूचक नेप्से १०.२७ अंकले बढेर २१२३.८२ अंकमा बन्द भएको छ ।

जीवन बीमाबाहेक सबै उपसूचकमा वृद्धि हुँदा आइतवार होटल तथा पर्यटन उपसूचक २.१६ प्रतिशतले वृद्धि भयो । आइतवार शिवम् सिमेन्टको सर्वाधिक १३ करोड ९० लाखको कारोबार हुँदा नबिल बैंकको १२ करोड ७३ लाखको कारोबार भएको छ ।

यस दिन नेप्सेमा १८० कम्पनीको शेयर कारोबार हुँदा ११८ कम्पनीको सेयरमूल्य बढेको छ भने ५९ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । यस्तै ३ कम्पनीको सेयरमूल्य स्थिर छ ।

बजार परिसूचक बढे पनि अघिल्ला कारोबार दिनको भन्दा कारोबार रकम भने घटेको छ । आइतवार बजारमा ६१ लाख ६ हजार ५२१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ३३ लाख ३८ हजारको कारोबार भएको छ । यसअघि बिहीवार ३ अर्ब ७७ करोड रुपैयाँ को कारोबार भएको थियो भने शुक्रबार दुई घण्टाको कारोबारमा २ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आईतवार १६:०४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।