एजेन्सी । विश्वका धनी एलन मस्कले चर्चित अमेरिकी विद्युतीय कार निर्माता टेस्लाको झन्डै ८० लाख कित्ता शेयर बिक्री गरेका छन् । त्यसबाट उनले ६ अर्ब ९० करोड अमेरिकी डलर संकलन गरेका छन् । अमेरिकी धितोपत्र तथा विनिमय आयोगमा मंगलबार पेश गरिएको कागजातबाट गत शुक्रबार मस्कले शेयर बिक्री गरेको विवरण बाहिर आएको हो ।
यसअघि अप्रिलमा मस्कले टेस्लाको शेयर बिक्री गरेका थिए । त्यतिखेर उनले ९६ लाख कित्ता सेयर बिक्री गरी आठ अर्ब ५० करोड डलर उठाएका थिए । अप्रिलमा ट्विटर किन्ने सम्झौता हुँदा उनले बिक्री गरेका थिए ।
तर एक महिनाअघि मात्रै उनले ट्विटर नकिन्ने बताएका छन् । उनले ट्विटरमा रहेका झूटा खाताबारे विवरण नदिएको भन्दै नकिन्ने बताएका थिए । त्यसयता मस्क र ट्विटरबीच कानुनी विवाद सुरु भएको छ ।





















प्रतिक्रिया