Logo

मनोरञ्जन

‘सुपर डान्सर नेपाल’ को प्रसारण शुभारम्भ



अहिलेसम्मकै उत्कृष्ट भारतीय टेलिभिजन रियालिटी शोलाई औपचारीक रुपमा फ्रेन्चाइज शो उत्पादन, बजारीकरण र प्रशारण को सर्वाधिकार यस ए.डी. रिलिजले ‘सुपर डान्सर नेपाल’ साउन २६ गते राती ९ बजे बाट कान्तिपुर टेलिभिजन मार्फत प्रशारण हुने जानकारी गराउँदछ ।

यो रियालिटी शो हरेक बिहीबार र शुक्रवार कान्तिपुर टेलिभिजनमा प्रसारण हुने यहाँहरुलाइ अवगत गराउँदछौं । ‘सुपर डान्सर नेपाल’ को सुपर जजमा भुवन केसी, जसिता गुरुङ र सुरेन राई रहेका छन् भने कार्यक्रम होस्ट मा कविता नेपाली र विल्सन विक्रम राइ रहेका छन् । साथै यस कार्यक्रममा को निर्देशकको भुमिकामा भुषण दाहाल रहने कुरा पनि सबैमा अवगत नै छ ।

स्मरणिय छ भारतीय सर्वाधिक लोकप्रिय मनोरञ्जन टेलिभिजन च्यानल सोनीमा पनि ‘सुपर डान्सर’ ले टेलिभिजन लोकप्रियताको आधारमा गरिने रेटिङ (टि.आर.पि.) पनि अग्रस्थानमा रहेको छ । नेपालमा पनि यो रियालिटी शो ले दर्शकहरुको मन जित्नेमा हामी विस्वस्थ छौं ।

देशका बिभिन्न शहरहरु काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्ज र नेपालमा फिजिकल अडिसन हुनुका साथै नेपाल बाहिरका नेपालीभाषी भएको ठाउँहरुको प्रतिभा समेत सहभागी गराउने उदेश्यका साथ डिजिटल अडिसन समेत गरिएको थियो ।

‘सुपर डान्सर नेपाल’ बालबालीकाहरुकोे प्रतिभा प्रदर्शन गराउने अहिलेसम्मकै ठूलो भारतीय फ्रेन्चाइज शो नेपालमै नेपाली प्रतिस्पर्धी डान्सरहरु खोज्दै उनीहरुको क्षमता विश्वसामु प्रस्तुत गर्ने जमर्को गरेका छौं ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार ०८:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।