बुटवल । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलाम १ बाट आसन्न प्रतितिधि सभा निर्वाचन लड्ने घोषणा गरेका छन् । आइतबार बिहान भैरहवास्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै खनालले ०४८ सालदेखि निरन्तर चुनाव लड्दै आएको क्षेत्रबाटै अब अन्तिमपटक चुनाव लड्ने बताए ।
उनले आफूले इलाम निर्वाचन क्षेत्र नम्बर १ बाट जित्ने विश्वाससमेत व्यक्त गरे । उनले सत्तारुढ गठबन्धनबाट आफ्नो उम्मेदवारी पक्का रहेको पनि बताए । खनालले गठबन्धन चुनावसम्म हुुन्छ कि पछिसम्म जान्छ भन्ने कुरा अहिले नै भन्न नसकिने बताए । उनले दक्षिणपन्थी अवसरवाद प्रकट भएकाले विखण्डनको खतरा देखिएको बताउँदै तत्काल एमालेसँग तालमेल र एकताको सम्भावना नरहेको बताए ।




















प्रतिक्रिया