काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आचारसंहिताबारे निर्वाचन आयोगले सोमबार दलहरुसँग छलफल गर्दै छ । छलफलका लागि प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिलाई बोलाइएको आयोगले बताएको छ ।
छलफलका लागि आयोगले केन्द्रीय कार्यालय कान्तिपथमा साढे ११ बजे समय तोकेको छ । आयोगले यसअघि नै निर्वाचन आचारसंहिताको ड्राफ्ट राजनीतिक दलहरूलाई दिएको छ ।
अब त्यसमा दलका केही आवश्यक सुझाव भए तिनलाई समेत समेटेर पास गर्नुपर्ने हुन्छ । त्यसैका लागि छलफल राखिएको आयाेग स्राेतले जानकारी दियाे ।
निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्न अनुमानित १० अर्ब बजेट लाग्ने भन्दै अर्थमन्त्रालयमा स्वीकृतिका लागि पठाइसकिएको छ । त्यस्तै ५०३ प्रकारका मतपत्र हुने आयोगले जनाएको छ ।




















प्रतिक्रिया