काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एउटा घोषणापत्रमा चुनाव लड्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकीकृत समाजवादीका अध्यक्ष माधव माधव नेपालीबीच आज (सोमबार) भएको भेटवार्तामा यस्तो सहमति जुटेको हो । २०७४ मा वाम गठबन्धन गरेको एमाले र माओवादी केन्द्रले पनि एउटै चुनावी घोषणा पत्र बनाएका थिए ।
प्रचण्डको भान्जा गोकुल भण्डारीको हात्तिवनस्थित अपार्टमेन्टमा भएको छलफलमा पार्टी एकताका लागि संयोजन समिति बनाउने समेत सहमति भएको छ । दुई नेताबीचको बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र वामदेव गौतमको विषयमा पनि छलफल भएको एक नेताले बताए ।
यस्तै, आउँदो चुनावी रणनीति, सिट बाँडफाँट, कांग्रेससँगको तालमेल, अरु दलसँगको गठबन्धनलगायत विषयमा पनि दुई नेताबीच कुराकानी भएको बताइएको छ । भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल पनि सहभागी थिए ।




















प्रतिक्रिया