Logo

राजनीति

एक्सनमा महानगर प्रमुख बालेन साह, अवैध संरचना धमाधम भत्काइँदै



काठमाडौं । काठमाडौं महानगरले अवैध रुपमा निर्माण गरएको संरचनामा डोजर चलाएको छ । सुन्धारास्थित काठमाडौं मलअगाडि बनाइएका अवैध संरचनामा आज (बुधबार) डोजर चलाएर भत्काउन थालिएको छ । मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो ।

नक्सा पास नगरी बनाइएका ती संरचना महानगरले डोजर प्रयोग गरी भत्काउन थालेको हो । संरचना भत्काउनुअघि महानगरका प्रहरीले ट्राफिक प्रहरीको सहायतामा पसल खाली गराएका थिए ।

अवैध संरचना भत्काउन र पसल खाली गराउन महानगरका मेयर बालेन्द्र साह र महानगरीय ट्राफिक प्रहरीका डीआईजी मीरा चौधरी पनि पुगेका छन् ।यसअघि महानगरले बानेश्वर क्षेत्रका घरका अण्डरग्राउण्ड पार्किङमा थापिएका संरचना भत्काएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार ११:५५   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।