काठमाडौं । एकीकृत समाजवादीले प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ५ बाट सुदेश पराजुलीलाई सिफारिस गरेको छ। पार्टीको क्षेत्रनम्बर ५ कमिटीले पराजुलीसँगै रामप्रसाद पोखरेललाई पनि सिफारिस गरेको हो ।
अनेरास्ववियुका अध्यक्ष पराजुलीले यसअघि नै उक्त क्षेत्रमा उठ्ने घोषणा गरिसकेका थिए । उनीसँगै सिफारिस पोखरेल कानुन व्यवसायी हुन् । कमिटीले जिल्ला र जिल्लाले केन्द्रमा सिफारिस गर्नेछ । सत्ता गठबन्धनले हालसम्म भागबन्डा टुंग्याइसकेको छैन । उक्त क्षेत्र एकीकृत समाजवादीले पाएमा पराजुली वा पोखरेलमध्ये एक उम्मेदवार हुनेछन् ।
प्रदेश सभाका लागि भने क्षेत्र नम्बर ५ (क) मा हरिभक्त श्रेष्ठ र कृष्ण प्रसाद सापकोटा तथा (ख) मा रामकृष्ण सेढाईं, दीपक केसी र बालकृष्ण श्रेष्ठ सिफारिस भएका छन् । काठमाडौं ५ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्र हो । एमालेबाट पोखरेल नै उम्मेदवार बन्ने लगभग तय छ ।




















प्रतिक्रिया