Logo

प्रमुख समाचार

काठमाडौं ७ मा कांग्रेसबाट पौडेलको दाबी, भन्छन्– यस क्षेत्रमा मेरो राम्रो छाप छ



काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र ७ बाट नेपाली कांग्रेसका दक्ष पौडेलले दाबेदारी प्रस्तुत गरेका छन् । काठमाडौं बनस्थली घर भएका पौडेलले विगतमा अरु नेता र उम्मेदवारहरुलाई सघाएको भन्दै यसपटकको प्रतिनिधि सभा निर्वाचनमा भने आफू उम्मेदवार बन्ने बताएका छन् ।

१४ औं महाधिवेशनमा काठमाडौं ७ बाट सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधि चुनिएका उनी १३ औं महाधिवेशनमा उनी सोही क्षेत्रबाट महासमिति सदस्य बनेका थिए । ‘म बस्ने वडामा कांग्रेसको सबैभन्दा बढी भोट छ, यस क्षेत्रमा मेरो राम्रो छाप छ, त्यसैले मैले टिकट पाउनुपर्छ भन्ने मेरो दाबी हो,’ पौडेलको भनाइ छ ।

लामो समयदेखि सामाजिक काममा समेत सक्रिय युवा उद्यमी पौडेलले जनताको सेवा गर्नका लागि चुनाव लड्न लागेको र त्यसका लागि प्रभावकारी एजेन्डाका साथ जनतामा जाने बताएका छन् । उनले २०४३ देखि २०४९ सम्म कांग्रेसको केन्द्रीय कार्यालयको सचिवालयमा बसेर काम गरेका थिए ।

पौडेल सहकारी अभियन्तासमेत हुन् । सहकारी विकास बोर्डको सञ्चालक र पछि सहअध्यक्षसमेत बनेका पौडेल हाल हब कोअपरेटिभको अध्यक्ष छन् । काठमाडौं ७ मै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहको घर पनि हो । तर पौडेल तनहुँबाट र सिंह काठमाडौं १ बाट चुनाव लड्दै आएका छन् । यो क्षेत्रबाट कांग्रेसबाट आकांक्षा राख्नेहरु अरु पनि धेरै छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार १२:१०   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।