Logo

राजनीति

सिट बाँडफाँट आज टुंगिन्छ, भोलि हामी शीर्ष तहमा बसेर त्यसलाई अन्तिम रूप दिन्छौं : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनमा सिट बाँडफाँट टुंगिने चरणमा पुगेको बताएका छन् । उनले संघ र प्रदेशका सबै क्षेत्र एकै पटक टुंगिने बताउँदै दाबी आ–आफ्नो भएपनि सहमतिमै निष्कर्षमा पुगिने बताए ।

मंगलबार बिहान धनगढी पुगेका प्रचण्डले पत्रकारसँग कुरा गर्दै भने, ‘सिट संख्या सबै एकैचोटि टुंग्याउने गरी सबै पार्टीका प्रतिनिधि लागिराख्नुभएको छ । आज बेलुकासम्मको समय दिइएको छ । भोलि हामी शीर्ष तहमा बसेर त्यसलाई अन्तिम रूप दिने कुरा छ ।’

अध्यक्ष प्रचण्डका अनुसार कांग्रेस ८० सीटमा मान्ने सम्भावना छ । उनले माओवादी ६० वरपर र नेकपा एस २५ सिटलाई आधार बनाएर मिलाउन लागिएको बताए ।

याे पनि

गठबन्धनमा सिट बाँडफाँट मिलाउन सकस, कार्यदल बैठक आज पनि

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार ११:१४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।