काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मानसिक स्वास्थ्य जाँच गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै महतले जबराले बयानका क्रममा शपथ खाँदाको अवस्थालाई बेवास्ता गरेको आरोप लगाए ।
‘न्यायलयका बोझ सावित भइसकेका व्यक्ति चोलेन्द्रले महाभियोगमाथि बयान दिँदै गर्दा पद र गोपनियताको शपथ खाँदाको अवस्थालाई बेवास्ता गर्दै पूर्वाग्रही ढंगबाट भनौँ वा आवेगमा आएर भनौँ वा स्मरण शक्ति गुमाएर, मर्यादाविपरीत गैरजिम्मेवार ढंगबाट विषय र प्रसंगभन्दा बाहिर गएर चरित्र हत्या गर्ने, गाली गलौज गर्ने, कसैको जयजयकार गर्ने गरेको पाइयो’, महतले भने ।
महतले महाभियोगको ऐन २०५९ को दफा ७ र ८ मा यस्ता हर्कत गर्नेमाथि विशेषज्ञ चिकित्सकबाट मानसिक स्वास्थ्य जाँच गर्न सकिने प्रष्ट उल्लेख भएको बताए । महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ । यसअघि तीन दिनसम्म लिइएको बयान अब २५ गते लिँइदैछ ।




















प्रतिक्रिया