Logo

प्रमुख समाचार

प्रधानमन्त्री देउवा र भारतका स्थल सेना प्रमुख मनोज पाँडेबीच भेटवार्ता



काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष मनोज पाँडे र प्रधानमन्त्री शेर बहादुर देउवाबीच भेटवार्ता भएको छ । पाँडेले रक्षामन्त्रीको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री देउवासँग प्रधानमन्त्रीको कार्यालय, सिंहदरबारमा शिष्टाचार भेटघाट गरेका हुन् ।

जनरल पाँडेले आज बिहान माउण्टेन फ्लाइट गरेका थिए । त्यसपछि उनले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी उक्त कलेजको वस्तुस्थिति लगायत विविध पक्षबारे जानकारी हासिल हासिल गरेका नेपाली सेनाले जनाएको छ ।

सो क्रममा उनले उक्त कलेजमा तालिमरत सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुसँग अन्तरक्रिया गरेका थिए । साथै, जनरल पाँडेले भोलि बुधबार मुस्ताङ जिल्लामा अवस्थित मुक्तिनाथ मन्दिरको दर्शन गरी भोलि नै पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेडक्वाटरको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार १८:३०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।