Logo

प्रमुख समाचार

कमल थापाको रिट निवेदन सर्वोच्चद्वारा राखेज, गाई चुनाव चिन्ह नपाउने



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गाई चुनाव चिन्ह पाउनुपर्ने माग राखी सर्वोच्च अदालतमा दिएको निवेदन खारेज भएको छ । सर्वोच्चले उनले दर्ता गरेको रिट निवेदन खारेज हुने आदेश गरेको हो ।

न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको यो आदेशसँगै उनलाई गाई निर्वाचन चिह्न नदिने भनी निर्वाचन आयोगले गरेको निर्णय यथावत रहने भएको छ ।

राष्ट्रिय पहिचान भएका चिन्ह, जनावर र पंक्षी जनिने चिन्हहरु कुनैपनि दललाई निर्वाचन चिह्नका रुपमा प्रदान नगरिने भनी निर्वाचन आयोगले निर्णय गरेको थियो । आयोगको निर्णय विरुद्ध थापा सर्वोच्च पुगेका थिए ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार १९:१२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।