काठमाडौं । युवा व्यववसायी सुजन आचार्यले आफूमाथि लागेको हिरा लुटपाटको आरोप पुष्टि गरेर देखाउन चुनौती दिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री होटल याक एण्ड यति पुगेर हिरा लुटपाट प्रकरणमा मुछिएका व्यक्तिको जन्म दिनमा सहभागी भएकाे भन्दै चौतर्फी आलोचना भएपछि आचार्यले त्यो आरोप पुष्टि गर्न चुनौती दिएका हुन् ।
मंगलबार बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा पत्रकार सम्मेलको आयोजना गर्दै उनले आफूमाथि विन्नि अपुष्ट समाचार सम्पेषण गरिएको भन्दै आफू प्रेस काउन्सिल र साइबर ब्यूरो जाने बताएका छन् । आफूमाथिको आरोप झुटो सावित भइसकेको र अदालतबाट सफाइ पाइसकेको अवस्थामा यसरी आफूमाथि कपोल्कल्पित आरोप थपरिँदा आफूलाई दुःख लागेको उनले बताएका छन् ।
बिहान उठ्न साथै आफूलाई दोषी करार गरेर लेखिएको समाचार पढ्दा आफू आश्चर्यचकित परेको आचार्यले सुनाए । साथै आफू टिभी टुडेका सञ्चालक आफू नभइ जनकराज पन्त रहेका पनि उनले स्पष्ट पारेका छन् । आफू पहिला सञ्चारकर्मी अहिले सामान्य व्यवसायी रहेको बताएका छन् ।
आफ्नो जन्मदिनमा आउनुमा मन्त्री कुँवरको पनि कुनै दोष नरहेको उनले बताएका छन् । मन्त्री युवालाई प्रोत्साहन गर्न आएका मन्त्रीमाथि अनावश्यक टिक्काटिप्पणी गरिएको उनले बताए ।
यता, मन्त्री कुँवरले पनि याक एण्ड यतिमा ओयोजित बर्थडे कार्यक्रमबारे आफूलाई पूर्वजानकारी नभएको भन्दै प्रष्टीकरण दिएका छन् । प्रेस संयोजक रमा खड्काले एक विज्ञप्ति जारी गर्दै मन्त्री कुँवरका विषयमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै ती समाचारमा सत्यता नभएको उल्लेख गरेकी छन् ।
‘एक व्यक्तिसँग अनुचित ढंगले नाम जोडेर भइरहेको दुष्प्रचार प्रति माननीय मन्त्रीज्यूको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ । एभरेष्ट स्प्रिङ वाटर कम्पनीको निमन्त्रणमा भदौ १९ गते याक एण्ड यतिमा एभरेष्ट स्प्रिङ वाटरको उद्घाटनका लागि मन्त्री कुँवर त्यहाँ पुगेको खड्काले बताएकी छन् ।
त्यही दिन कम्पनीका सञ्चालक सुजन आचार्यको जन्मदिन परेको र यसबारेमा मन्त्री कुँवरलाई पूर्वसूचना नभएको विज्ञप्तिमा भनिएको छ । मन्त्री कुँवर आचार्यको बर्थडे पार्टीमा प्रमुख अतिथिको रुपमा भाषण गरेको भन्द्रै सञ्चारमाध्यममा समाचार आएको थियो ।




















प्रतिक्रिया