काठमाडौं । सरकारले आगामी निर्वाचन प्रभावित पार्नका लागि कर्मचारी र प्रहरी सरुवालाई व्यापक बनाएको आरोप लगाएको छ । गृह मन्त्रालयले मंगलबार मात्र काठमाडौं र ललितपुरसहित नौं जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सुरुवा गरेको थियो ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले निर्वाचन प्रभावित पार्न प्रमुख जिल्ला अधिकारी सहितका कर्मचारी, जिल्ला प्रहरी प्रमुखको सरुवा गरेको आरोप लगाएका हुन् । ‘आसन्न निर्वाचनलाई प्रभावित पार्नेगरी आस्थाका आधारमा आफ्ना मान्छेहरु छानी छानी जिल्ला जिल्लामा प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारीलाई पठाउने काम भएको छ । स्थानीय तहमा पनि त्यसरी नै प्रमुख प्रशासकीय अधिकृत खटाउने काम भएको छ’, उनले भने, ‘यो तरिकाले निर्वाचनलाई प्रभावित पार्नेगरी आफ्ना मान्छेहरु छानी छानी लाने काम गरिएको छ ।’
भट्टराईले स्थानीय तहको निर्वाचनका बेला प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखले जिल्ला जिल्लामा विपक्षीहरूलाई, राजनीतिक आस्था नमिल्ने दलहरूलाई चरम दमन गरेको आरोप लगाए । एमालेले उनीहरुसँग खास खास ठाउँमा प्रतिरोध गरेपनि आस्थाका आधारमा विभेद गरेको उल्लेख गरे ।
याे पनि




















प्रतिक्रिया