काठमाडौं । अर्थमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता दनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेका छन् । बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताए ।
शर्मा, महासचिवका दावेदार थिए । तर ४ भदौमा देव गुरुङलाई महासचिव बनाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शर्मालाई उपमहासचिव बनाए । माओवादीले गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव उपमहासचिव तोकेको थियो । त्यो निर्णयमा शर्माले फरक मत राखेका थिए ।
कार्यक्रममा उनले आफू पार्टी अध्यक्ष ‘प्रचण्ड’को आलोचक रहेको बताए । ‘अध्यक्षको सबैभन्दा कडा आलोचक मै हुँ,’ उनले भने, ‘अध्यक्ष कमरेडको संरक्षण गर्ने पनि मै हुँ । नेतृत्वको कमजोरीको आलोचना गनुर्पछ । म त अध्यक्ष कमरेडको आलोचक हुँ, आलोचना गर्छु ।’
नेतृत्वले गलत गर्दा आलोचना गर्नुपर्ने भन्दै विद्यार्थीहरुलाई भने, ‘तपाईंहरुले पनि अध्यक्ष पञ्चाले कमजोरी गर्दा आलोचना गर्नुहोला । आलोचनाले नेतृत्वको रक्षा हुन्छ ।’




















प्रतिक्रिया