काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र तयारी समिति संयोजकको जिम्मेवारी महामन्त्री विश्वप्रकाश शर्मालाई दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले बुधबार महामन्त्री शर्मालाई संयोजनकमा नियुक्त गरेका हुन् ।
आगामी मंसिर ४ मा हुने आमनिर्वाचनका लागि अब कांग्रेसले महामन्त्री शर्मा नेतृत्वको टोलीले पार्टीको घोषणापत्र निर्माण गर्ने छ । अहिले सबैजसो राजनीतिक दलहरुले धमाधम पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गरिरहेका छन् । स्थानीय तह निर्वाचनको घोषणापत्रको जिम्मेवारी अर्का महामन्त्री गगन थापाले पाएका थिए ।





















प्रतिक्रिया