काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसलाई ‘राम, राम’ भन्नु परिरहेको बताएका छन् ।
काठमाडौंमा बिहीबार बीपी साहित्य सम्मान एवं बीपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति डा. यादवले जनतामा जान कांग्रेसले गठबन्धनसँग तालमेल गरिरहेकोमा असन्तुष्टि जनाए । बीपी, गणेशमानको उदाहरण दिँदै डा. यादवले भने, “कांग्रेसी पूर्खा त्यस्तो पूर्खा भएर पनि अहिले अंशबण्डा गरिरहेका छन् । जनताको बीचमा जानका लागि अरू पार्टीसँग मिलेर अंशबण्डा गरिरहेका छन्, राम ! राम ! राम ।”
कांग्रेसको अहिलेको अवस्थालाई रामराम भन्ने बेला भइसकेको भन्दै उनले भने, ‘जनताको बीचमा जान पनि अरु पार्टीसँग मिलेर अंशबण्डा गरिरहेको छ । कांग्रेसको बारेमा राम, राम भन्ने बेला भइसकेको छ ।’ जनतामाझ जान अंशबन्डा गर्नु लज्जाको विषय भएको डा. यादवको भनाइ छ ।
कांग्रेसभित्र पन विधि र आदर्शको कुरा हुन छाडेको र चुनावमा टिकटसमेत बिक्री हुन थालेको भन्दै कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका डा. यादवले कांग्रेसमा पसिना बगाउनेको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
कांग्रेसका तत्कालीन नेता रहेका उनी पहिलाे जननिर्वाचित राष्ट्रपति हुन् ।




















प्रतिक्रिया