Logo

राजनीति

पुण्य गौतम काठमाडौंको–३ बाट एमालेका समानुपातिक उम्मेदवारमा सिफारिस



काठमाडौं । नेकपा एमालेले पुण्य गौतमलाई प्रतिनिधिसभाको समानुपातिकमा सिफारिस गरेको छ । विभिन्न विषयमा अनेकखाले अभिव्यक्ति दिएर चर्चामा रहिरने भाइरल पात्र गौतमलाई एमालेले काठमाडौंको क्षेत्र नम्बर ३ बाट समानुपातिकमा सिफारिस गरेको हो ।

गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई सिफारिस भएको जानकारी दिएका छन् । उनले पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र एमाले काठमाडौं जिल्ला कमिटी लगायतलाई धन्यवाद दिएका छन् ।

यसअघि नेकपा एकीकृत समाजवादीमा रहेका गौतम गत वैशाखमा एमाले प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार १२:५२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।