Logo

प्रमुख समाचार

समानुपातिकमा सिफारिस गरिएकोप्रति आपत्ति जनाउँदै बलबहादुर केसीले गरे प्रत्यक्षमा लड्ने घोषणा



काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बुले समानुपातिकतर्फ नाम सिफारिस गरेको प्रति केन्द्रीय सदस्य बलबहादुर केसीले असहमति जनाएका छन् । उनले आफूसँग कुनै सल्लाह नै नगरी अलोकतान्त्रिक, विधि र केन्द्रीय परिपत्र विपरीत उमेदवारको नाम सिफारिस गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

केसीले सामाजिक सन्जालमार्फत आफू आगामी मंसिर ४ गते हुने निर्वाचनमा पुनः प्रत्यक्षतर्फबाट नै सहभागी हुने घोषणा गरेका छन् । कांग्रेस सोलुखुम्बुले केन्द्रीय सदस्य केसीको नाम समानुपातिकतर्फ सिफारिस गर्दै अर्का केन्द्रीय सदस्य आङगेलु शेर्पाको एकल नाम प्रत्यक्षतर्फ सिफारिस गरेको थियो ।जिल्ला

कार्यसमितिले नाम सिफारिस गर्दा केसी आमाको मृत्युु संस्कारको १३औं दिने काजकिरियामा थिए । त्यही बेला केसीको डाईवेटिज, रक्तचाप र डेङ्गु संक्रमण भई अस्पतालमा उपचारत थिए ।

सोलुखुम्बुमा केसी संस्थापनइतर पक्षका हुन् भने शेर्पाले संस्थापन पक्षको नेतृत्व गरेका छन् । १४ औं महाधिवेशनअन्तर्गत भएको जिल्ला अधिवेशनमा केसीनिकट विनोद बस्नेतलाई पराजित गर्दै सभापतिमा शेर्पानिकट नाम्गेल जाङ्गु शेर्पा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार १८:२२   :  बजे

1.1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।