Logo

प्रमुख समाचार

पशुपति क्षेत्रतिर सोझियो बालेनको नजर, अव्यवस्थित संरचना हटाउन सुरु



काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (शुक्रवार) देखि पशुपति क्षेत्रका अव्यवस्थित संरचना हटाउन सुरु गरेको छ । महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह गर्दा अटेर गरेपछि अव्यवस्थित संरचना हटाउन सुरु गरेको हो ।

वडा नं ८ का अध्यक्ष आशामान सङ्गतका अनुसार पशुपतिनाथ वरपर निर्माण गरिएका अवैध संरचना तत्काल हटाउन व्यवसायीसँग आग्रह गरे पनि उनीहरूले नहटाएका कारण महानगरको टोलीले हटाउन सुरु गरेको हो । पटक–पटक आग्रह गर्दासमेत पसल तथा व्यवसायीले नमानेपछि आफैँ स्थलगतरूपमा उपस्थित भएर संरचना हटाउन थालिएको उनले बताए ।

महानगरको आग्रहलाई अवज्ञा गरे शनिबारदेखि महानगरले सामान उठाएर लैजानेसमेत चेतावनी दिएको छ । पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित संरचनाबाट भाडा उठाइरहेकाले वडामा समेत दर्ता नभएका पसल संरचना हटाउन थालिएको हो ।
महानगर प्रमुख बालेन्द्र साह ‘बालेन’ आफै फिल्डमा खटिएर यसअघि नै काठमाडौंका विभिन्न ठाउँमा बनेका अवैध संरचनामा डोज चलाइएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार १८:४२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।