Logo

राजनीति

परराष्ट्र सचिव पौड्याल भारत जाँदै 



काठमाडौं । परराष्ट्र सचिव भरत राज पौड्यालले भारतको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सचिव पौड्यालले भदौ २८ देखि २९ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने जनाएको हो । 

भारतका विदेश सचिव विनय मोहन क्वात्राको औपचारिक निमन्त्रणामा उनी भारत जान लागेका हुन् । भ्रमणका बेला परराष्ट्र सचिव पौड्यालले भारतीय समकक्षिसँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तामा नेपाल–भारत सहयोग लगायतका विषयमा छलफल हुने जनाइएको छ । 

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार १८:४६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।