काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज (शनिबार) दिउँसो एक बजेका लागि बोलाइएको बैठक संसद् सचिवालयले एक सूचना जारी गर्दै स्थगित भएको जानकारी दिएको हो ।
अर्को बैठक २०७९ साल भदौ २९ गते बुधबार बिहान ११ः०० बजे बस्ने संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ । पछिल्लो समय निर्वाचन नजिकिएसँगै सांसदहरु गाउँघरमा पुग्ने गरेकोले सदनमा उपस्थित हुने संसद्को संख्या न्यून हुँदै गएको छ ।
तर संसद सचिवालयको सूचनामा बैठक स्थगितको कारण भने खुलाइएको छैन ।





















प्रतिक्रिया