Logo

राजनीति

गठबन्धनको ‘निर्णायक’ बैठक बालुवाटारमा जारी



काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको ‘निर्णायक’ भनिएकाे बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । कार्यदलसहितको बैठकमा सिट बाँडफाँटलगायतका विषयमा छलफल भइरहेकाे बताइएकाे छ ।

कार्यदलले आफ्नो प्रतिवेदन बुझाइ सकेको छ, सोही प्रतिवेदनमाथि छलफल गरेर सिट बाँडफाँटको टुङ्गो लगाउन गठबन्धनको बैठक बसिरहेको छ । सिट बाँडफाँटका लागि गठन गरिएको कार्यदल फिल्डमै गएर पार्टीहरूको अवस्था बारे अध्ययन गरेको थियो ।

अध्ययनको आधारमा कार्यदलबीच छलफल भए पनि सबै सिटमा सहमति नहुन सकेन । प्रतिनिधिसभाको १६५ सिटमध्ये ९० सिटमा मात्र सहमति भएको छ । ७५ सिटमा विवाद देखिएको छ । सोही विवादलाई शीर्ष नेताहरूले टुङ्गो लगाउने बताइएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार १८:०५   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।