Logo

प्रमुख समाचार

एकीकृत समाजवादीका चापागाईं एमालेमै फर्किए



बुटवल । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला पूर्व इञ्चार्ज बालकृष्ण चापागाईं नेकपा एमालेमै फर्किएका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा खादा लगाइदिएर पार्टीमा स्वागत गरे ।

एकीकृत समाजवादीको अर्थ तथा योजना विभागको केन्द्रीय उपाध्यक्ष समेत रहेका चापागाईं प्रेस चौतारीका पूर्व केन्द्रीय अध्यक्ष समेत हुन् । नेकपा एकीकृत समाजवादी नेपाली कांग्रेस र माओवादी केन्द्रको पुच्छर मात्रै बनेको र आफ्नो बेग्लै पहिचान स्थापित गर्न असफल भएकाले नेपालको कम्युनिष्ट आन्दोलन, आर्थिक समृद्धि र विकासको नेतृत्व एमालेले मात्रै गर्न सक्छ भन्ने निष्कर्षका साथ एमालेमै फर्किएको चापागाईंले बताए ।

‘एकीकृत समाजवादीमा रहेका इमान्दार सबै साथीहरु एमालेमै फर्किनुहुन्छ,’ डा.चापागाईंले भने, ‘मुलुकमा अब वाम प्रगतिशील शक्तिको नेतृत्व गर्ने एमाले र पूँजीवादी दक्षिणपन्थी शक्तिको नेतृत्व गर्ने कांग्रेस गरी दुई धारमा राजनीति ध्रुविकृत हुन्छ ।’

प्रकाशित मिति : २६ भाद्र २०७९, आईतवार ११:१४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।