Logo

प्रमुख समाचार

बालेनसँगै चिरिबाबु पनि एक्सनमा : लगनखेलको मञ्जुश्री पेट्रोल पम्प हटाइँदै



काठमाडौं । काठमडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँगै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन पनि एक्सनमा उत्रिएका छन् । बालेनलाई पछ्याउँदै महानगरभित्र रहेका अनधिकृत संरचना हटाउने अभियान थालेका महर्जनले आज (आइतबार) मञ्जुश्री पेट्रोल पम्प सिल गरेको छ ।

अनधिकृत ठाउँमा संरचना निर्माण गरिएको भन्दै नगर प्रहरीले उक्त पेट्रोल पम्प सिल गरेको हो । ललितपुरको लगनखेलमा रहेको पम्पलाई सिल गर्न महानगर प्रहरीको टिम नै पुगेको थियो । महानगरकै जग्गामा रहेको पेट्रोल पम्प लामो समयदेखि सञ्चालनमा रहेको थियो ।

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका अनधिकृत संरचना हटाउने अभियानलाई तीव्रता दिएसँगै यो अभियानले अन्य क्षेत्रमा पनि प्रभाव पारेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आईतवार १४:४१   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।