काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी गठबन्धन गर्नुपर्ने दोहोर्याएका छन् । उनले पार्टी केन्द्रीय कार्य समितिले नै बहमुतका लागि गठबन्धन गर्ने निर्णय गरिसकेकाले त्यसका लागि १ सय सिटमा कांग्रेसले उम्मेदवारी दिनुपर्ने बताए ।
आइतबार गृहजिल्ला मोरङ पुगेका उनले १ सय भन्दा कम सिटले उल्टै पार्टीमा विद्रोह हुने चेतावनीसमेत दिए । ‘८०/८५ सिटमा उम्मेदवारी दिएर कांग्रेसले बहुमत ल्याउँदैन’ उनले भने, ‘त्यसले उल्टै पार्टीमा विद्रोह हुन्छ।’
नेता कोइरालाले गठबन्धनबाट कम सिट लिँदा कांग्रेसमा विद्रोह हुने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले भने ‘यो पार्टी सिध्याउने खेल’ मात्र भएको टिप्पणी गर्दै आएका छन् ।




















प्रतिक्रिया