Logo

प्रमुख समाचार

निरन्तर एक्सनमा मेयर बालेन : कोटेश्वरका अनधिकृत संरचनामा पनि चल्यो डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका अनधिकृत संरचना हटाउने मेयर बालेन साहको अभियान निरन्तर चलिरहेको छ । यसैक्रममा काठमाडौं महानगरपालिकाले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचनामा डोजर चलाएको छ ।

सो क्षेत्रमा रहेका फुटपाथ हटाउन महानगरले पटक पटक माइकिङ गर्दै आएको थियो । तर महानगरको सूचना अटेर गरेर फुटापथ ढाकेर बनाएको पाली, भर्‍याङ, सिंडीहरु हटाउन महानगरले डोजर चलाएको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

उनले महानगरभरी रहेका अनधिकृत संरचना हटाउने अभियान निरन्तर भएको भन्दै अटेर गरेमा बल प्रयोग गर्ने बताए । महानगरले कोटेश्वर क्षेत्रमा यो महिनामा मात्रै तीन पटक डोजर चलाइसकेको छ ।

महानगरले यसअघि काठमाडौंका विभिन्न स्थनका नक्सा पास नगरी निर्माण गरिएका संरचनामा पनि डोजर चलाएको थियो । महानगरले अवैध रुपमा बनेका ठूला संरचनालाई नक्सा पास गर्न बिहीबार सूचना जारी गरेको छ ।

महानगरपालिकाले नक्सा पास नगरी बनेका घर तथा भवनको नक्सा ९० दिनभित्र र सीमा पर्खालको नक्सा ३५ दिनभित्र पास गरिसक्न अल्टिमेटम दिएको छ ।

याे पनि

प्रकाशित मिति : २६ भाद्र २०७९, आईतवार १५:५८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।