Logo

राजनीति

प्रचण्ड र चिनियाँ नेता लीबीच भेटवार्ता, प्रधानमन्त्री देउवालाई पनि भेट्दै



काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । मंगलबार बिहान नयाँ बानेश्वरस्थित संसद भवनमा दुई नेताबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा दुई देश र पार्टीबीचको सम्बन्धका साथै विविध विषयमा छलफल भएको बताइएको छ । भेटमा माओवादी केन्द्रका अन्य शीर्ष नेताको पनि सहभागिता रहेको थियो । लीले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासँग पनि भेटवार्ता गरेका छन् ।

लि ले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

याे पनि…

चिनियाँ नेता लीले भेटे एमाले अध्यक्ष ओली

चिनियाँ नेता ली र राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाबीच भेटवार्ता

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलवार १२:१६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।