Logo

प्रमुख समाचार

दुई घण्टा पछि सारियो प्रतिनिधिसभा बैठक



काठमाडौं । प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि सारिएको छ । कानुन न्याय मानव अधिकार समितिले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी प्रतिवेदन आज प्रतिनिधिसभामा पेश गर्ने वातावरण बनाउन प्रतिनिधि सभाको बैठक सारिएको बताइएको छ ।

आज बिहान ११ बजे तय भएको बैठक दिउँसो १ बजेसम्मलाई सारिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए । सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी प्रतिवेदनलाई संसदमा पेश गर्ने प्रक्रियाका लागि कानुन समितिको बैठक सिंहदरवारमा बस्दैछ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार ११:५३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।