Logo

प्रमुख समाचार

सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी विधेयकमा सहमति जुटाउने प्रयास जारी



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमा छलफल भइरहेको छ । समितिबाट यो विधेयक पारित गरेर आजै प्रतिनिधिसभामा प्रतिवेदन पेश गर्ने तयारी छ । यही विधेयक कुर्न प्रतिनिधिसभाको बैठक पूर्वनिर्धारित समयभन्दा दुई घण्टा पछि सारिएको छ ।

तर केही प्रावधानमा दलहरुबीच सहमति जुट्न सकेको छैन । विधेयकमा एमालेले द्वन्द्वकालीन समयका घटनाका हत्यालाई गम्भीर मानव अधिकार उलंघनभित्र राखेर परिभाषित गर्नुपर्ने अडान लिएको छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उपस्थित छन् । कानुन समितिका सदस्य रहेका उनी बैठकमा उपस्थित भएको पहिलोपटक हो ।

प्रकाशित मिति : भाद्र २९, २०७९ बुधबार  ११ : ५९ बजे