Logo

प्रमुख समाचार

बिमा विधेयक र सार्वजनिक ऋण व्यवस्थापन विधेयक समितिमा पठाइयो 



काठमाडौं । राष्ट्रियसभाले बिमा विधेयक र सार्वजनिक ऋण व्यवस्थापन विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाएको छ । बुधबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बिमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६’  लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो । 

बैठकमा पेस भएको उक्त दुईवटा विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरे । राष्ट्रियसभाको अर्को बैठक बिहीबार अपराह्न २ बजेर ५९ मिनेटमा बस्नेछ । 

प्रकाशित मिति : भाद्र २९, २०७९ बुधबार  २ : ०६ बजे