काठमाडौं । सर्वोच्च अदालतको फुलकोट बैठकले महाभियोग सिफारिस समितिमा बयान दिन नजाने निर्णय गरेको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोगबारे थप सोधपुछ गर्नुपर्ने भन्दै समितिले आज (बुधबार) पत्र काटेको थियो ।
तर बुधबार अपरान्ह बसेको सर्वोच्च अदालत फुलकोट बैठकले समितिले स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्त र संविधान विपरित न्यायाधीशलाई बयानका बोलाइएका ठहर गर्दै नजाने निर्णय गरेको हो ।





















प्रतिक्रिया