Logo

समाचार

किशोरीलाई बलात्कार आरोपमा एक युवक पक्राउ



काठमाडौं । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिकामा पर्ने बानियाँटारका २१ वर्षीय राजेश मगर रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले बानियाँटारबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार १९:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।