Logo

राजनीति

भारतको अग्निपथ योजनाबारे चुनावपछिको सरकारले निर्णय गर्छ : परराष्ट्र मन्त्रालय



काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना ‘अग्निपथ’बारे तत्काल निर्णय हुने सम्भावना नरहेको स्पष्ट पारेको छ । बिहीबार नियमित प्रेस ब्रिफिङमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अग्निपथबारे चुनावपछि बन्ने सरकारले निर्णय गर्ने बताइन् ।

परराष्ट्रकी प्रवक्ता लम्सालले अग्निपथमा सहभागी हुने वा नहुने बारे राष्ट्रिय सहमति पनि आवश्यक पर्ने भएकाले तत्काल निर्णय हुने सम्भावना नभएको बताएकी हुन् । भारतको अग्निपथ योजनामा नेपाली युवालाई पनि सहभागी गराउन खोजेको छ ।

तर नेपालले यसबारे निर्णय गरेको छैन । ‘यो चुनावी सरकार भएकाले पनि र राष्ट्रिय सहमतिसमेत आवश्यकता पर्ने भएको हुँदा पनि तत्काल निर्णय हुने सम्भावना छैन’, उनले भनिन् ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार १४:१९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।